

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेको घोषणा गर्नुभएको छ ।
निवर्तमान अध्यक्ष थापाले पार्टी छाडेको भोलिपल्ट पौडेलले पनि बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।
तर आफूले कमल थापासँग कुनै कुराकानी र भेटघाट नगरेको भन्दै थापालाई साथ दिने गरी पार्टी नछाडेको बताउनुभयो ।
आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उहाँले उल्लेख गर्नुभएको छ ।
राप्रपामा कमल थापा निकट भनेर चिनिने पौडेल पूर्व कोषाध्यक्ष पनि हुनुहुन्छ । तर गत मंसिरमा भएको महाधिवेशनमा उहाँले कुनै पनि पदमा उम्मेदवारी दिनुभएन ।

खबर बजार । २६ माघ २०७८, बुधबार १३:११