

सुर्खेत । नेकपा एमालेमा निकट जनवर्गिय संगठनहरुले आज (साउन २८ गत) कर्णाली प्रदेशको राजधानीमा वीरेन्द्रनगरमा महंगी र भ्रष्टाचारविरुद्ध बृहत जनप्रदर्शन गर्ने भएका छन् ।
वर्तमान गठबन्ध सरकारले महंगी र भ्रष्टाचार नियन्त्रणमा ध्यान नदिएको भन्दै त्यस विरुद्ध जनसंगठन संयन्त्रको अगुवाइमा एमालेले विरोध प्रर्दशन गर्न लागेको हो । प्रदर्शनमा कर्णालीका दश वटै जिल्लाबाट संगठनका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
संयन्त्रको साउन १७ गते बसेको बैठकले वर्तमान सरकारका गलत कार्यहरुको भण्डाफोर गर्न बृहत प्रर्दशन गर्ने निणर्य गरेको थियो । प्रदर्शन दिउसो २ बजे मंगलगढीचोकबाट सुरु भई पिपलचौतारा पुगि कोणसभामा परिणत हुनेछ ।
सभालाई एमाले कर्णाली प्रदेश इन्चार्ज एवम संसदीय दलका नेता यामलाल कँडेल लगायतका नेताले सम्बोधन गर्नेछन् ।

खबर बजार । २८ श्रावण २०७९, शनिबार १३:५४