f तीन प्रदेशका केही ठाउँमा वर्षा हुने

तीन प्रदेशका केही ठाउँमा वर्षा हुने

काठमाडौं । आज कोशी, बागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भागका केही ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

आजराति कोशी प्रदेशको पहाडी र तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपासका क्षेत्रकाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ  ।