राष्ट्रिय गुराँसले गर्‍यो वृक्षारोपण कार्यक्रम

दैलेख । राष्ट्रिय युवा संघ नेपाल, गुराँस गाउँ कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । साउन २० गते राष्ट्रिय युवा संघ नेपाल, गुराँस गाउँ कमिटीका उपाध्यक्ष डिकेन्द्र खत्रीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य तथा दैदेख जिल्ला इन्चार्ज ईन्द्रा कार्की, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर वि.सी., प्रदेश कमिटी सदस्य तथा गुराँस गाउँपालिका उपाध्यक्ष शिवा कुमारी खड्का, नेकपा एमाले दैलेख जिल्ला लेखा आयोग संयोजक प्रेम बहादुर खड्का लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

गुराँस गाउँपालिका वडा नं. ८ स्थित पञ्चकोशी सामुदायिक वनको गुराँस पार्क र वडा नं. ६ को मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा करिव ८०० भन्दा बढी विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।

वातावरणीय सन्तुलन तथा हरियाली प्रवर्द्धनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष डिकेन्द्र खत्रीले बताउनु भयो ।

स्थानीय युवा, संघसंस्था र सर्वसाधारणको सहभागिताले कार्यक्रम अझ प्रभावकारी र सफल भएको आयोजक राष्ट्रिय युवा संघ नेपाल, गुराँस गाउँ कमिटीले जनाएको छ ।