काँग्रेस संसदीय दलको नेता चयनमा सकस, अब पार्टी नेतृत्वसँग छलफल गर्ने तयारी 

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल नेता छान्नको लागि निर्वाचन प्रक्रिया आजबाट सुरु भएको छ ।

दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । यसबाहेक मोहन आचार्यदेखि निश्कल राईसम्मको चर्चा छ । प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ । सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी गरेको छ । सहमतिको लागि भोलि पनि फेरि बैठक बस्ने उहाँले बताउनुभयो ।

उहाँले दलको नेतामा दाबी गर्नेहरूसँग पार्टी नेतृत्वसहित बसेर भोलि छलफल गर्ने बताउनुभयो ।

आजको बैठकमा ३८ मध्ये २६ जनाले बोलेको सांसद अर्जुननसिंह केसीले बताउनुभयो ।