
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ मा डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ । पार्टी सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये खरेललाई उम्मेदवार घोषणा गरेको हो ।
थापासहित सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री आकांक्षी हुनुहुन्थ्यो । आकांक्षीहरूमध्येबाट उम्मेदवार चयन गर्न रास्वपाले १२ भदौमा प्राइमेरी इलेक्सन गरेको थियो ।
अनलाइन भोटिङमा सबैभन्दा बढी भोट पाएको व्यक्तिलाई उम्मेदवार घोषणा गरेको रास्वपाको दाबी छ ।
उहाँ वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ भने एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गर्नु भएको छ ।
हाल उहाँ नेसनल न्युरो सेन्टर महाराजगञ्ज काठमाडौंका न्युरोलोजी विभाग प्रमुख हुनुहुन्छ भने नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।




खबर बजार । १५ भाद्र २०८२, आईतवार १९:४१