रकम नतिरेर कालोसुचीमा परेका ५२ जनाको तीनपुस्ते सार्वजनिक (सूचिसहित)

चल-अचल सम्पत्तिबाट समेत असूल गर्ने तयारी

काठमाडौं । नेपाल सरकारलाई तिर्नुपर्ने रकम नतिरेर कालोसुचीमा परेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ ।

महालेखा कार्यालयले आइतबार एक सूचना जारी गर्दै ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ ।

महालेखाकाअनुसार सरकारका विभिन्न कार्यालयमा तिर्न बाँकी रहेका व्यक्तिहरुको घर ठेगानामा समेत पत्राचार गर्दा सम्पर्कमा नआएको हुँदा सार्वजनिक सूचना जारी गर्नु परेको हो ।

अब पनि रकम नतिरेमा चल-अचल सम्पत्तिबाट समेत असूल गर्ने महालेखाको तयारी छ ।

कसले कति तिर्न बाँकी ? हेर्नुहोस्: