‘‘हामी चुनावप्रति प्रतिवद्ध छौँ, सरकार सुरक्षाप्रति संवेदनशील रहोस्’’

नयाँ दलहरू मुख्य प्रतिस्पर्धामा नआउने दावी

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टी फागुन २१ को चुनावप्रति प्रतिबद्ध रहेको जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर काँग्रेस प्रवक्ता देवराज चालिसेले चुनावप्रति आफूहरू प्रतिवद्ध रहेको र चुनावमा सुरक्षाको प्रत्याभूति गराउने जिम्मा सरकारको भएको बताउनुभयो ।

उहाँले सरकारलाई चुनावी सुरक्षामा केन्द्रित हुन आग्रह गर्नभयो । उहाँले आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी पुरानै हुने जिकिर गर्नुभएको छ ।

नयाँ भनिएका दलहरुले आफ्ना गतिविधि चलाइरहेका भए पनि मुख्य प्रतिस्पर्धा पुरानै दलहरुबीच हुने आफ्नो पार्टीले निष्कर्ष निकालेको उहाँको भनाई छ ।