
सिरहा । सिरहामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार घटना गोलबजार नगरपालिका-७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रमा रहेको पशु हाटबजार परिसरमा भएको हो । प्रहरी प्रवक्ता रमेशबहादुर पालले अवास शेखका तीन सन्तानको डुबेर मृत्यु भएको जानकारी दिनुभयो ।
मृत्यु हुनेमा १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेख रहेका छन् ।
प्रारम्भिक अनुसन्धानअनुसार खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउन गएका बेला डुबेका थिए ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




खबर बजार । २८ असार २०८३, आईतवार १८:५८