
काठमाडौं । विभिन्न विषयलाई लिएर पछिल्लो समय सरकारको आलोचना बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच ४ घण्टा बढी छलफल भएको छ । सभापति लामिछानेलाई भेट्न प्रधानमन्त्री शाह उहाँकै निवास पुग्नुभएको थियोे ।

बूढानीलकण्ठस्थित लामिछाने निवासमा बालेन सवा ११ बजे पुग्नुभएको थियो । सवा ११ बजे लामिछाने निवास पुगेका शाह सवा ३ बजेमात्रै निस्किनुभएको छ ।
उनीहरूबीच सरकारको कामकाज र आलोचनाको समाधान, सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनित लगायतका विषयमा छलफल भएको बताइएको छ ।
हालै चितवनमा सम्पन्न पहिलो महाधिवेशनपछि मनोनित हुन बाँकी ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्यको विषयमा पनि दुई जनाबीच छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीसमेत रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता मनोनित हुने यसअघि नै सहमति भइसकेको छ ।




खबर बजार । २८ असार २०८३, आईतवार १९:१३