
खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ ।

खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलकाअनुसार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक जना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटङका डीएसपी प्रकाश बुढाथोकीले बताउनुभयो ।

खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा भएको दुर्घटनामा परी काजीबहादुर राई घाइते हुनुभएको छ ।
हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।




खबर बजार । ४ चैत्र २०८२, बुधबार १३:५७