फाइनलमा नेपालले दियो गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपको फाइनलमा गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो ।

नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ तथा कुशल भुर्तेल १९ रनमा आउट भए ।

कुशल मल्ल १३ बलमा आक्रामक छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिए ।