शेयर बजार बढ्यो 

काठमाडाैं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ७३ अङ्कले बढेर २ हजार ७९६ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज जलविद्युत्, लगानी, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको सूचक बढेकोमा उत्पादन तथा प्रशोधन समूहको सूचक डेढ प्रतिशतले उकालो लागेको छ । आज १५८ वटा कम्पनीको शेयर बढेकोमा १०१ वटाको घटेको छ । यस्तै १० वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज कर्पाेरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र सिटी होटलको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन निफ्रा ग्रीन इनर्जी डिबेन्चर २०८८/८९ को शेयर सबैभन्दा धेरै १४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । गएको शुक्रवार ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ३५१ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भएको छ ।