
काठमाडौं । मन्त्रिपरिषद्ले सिफारिस गरेका ६ मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ५ वटा अध्यादेश जारी गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नु भएको हो ।
मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये संवैधानिक परिषद् सम्बन्धि अध्यादेशबाहेक अरू सबै अध्यादेश राष्ट्रपति पौडेलले जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयकाअनुसार सवैधानिक परिषद् सम्बन्धी अध्यादेश अध्ययनको क्रममा छ ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) व्यवस्था बमोजिमको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।




खबर बजार । १९ बैशाख २०८३, शनिबार १८:३०