चिङ्गाड गाउपालिकामा ३ दिने बाख्रापालन तालिम सम्पन्न

सुर्खेत । चिङ्गाड गाउपालिका पशु सेवा केन्द्रको आयोजनामा ३ दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । पशुपालनमा नविनतम प्रविधिको जानकारी कृषक समुहको क्षमता विकास त्यसैगरी बाख्रापालनमा प्राविधिक विषयमा जानकारी भन्ने उदेश्यका साथ तालिम सन्चालन गरिएको हो । तालिमको मुख्य प्रशिक्षकमा अन्वेषण प्रयोगशाला विरेन्द्रनगर सुर्खेतका लोकजित आर. सि. त्यसगरी तालिम संयोजकमा शेर बहादुर राना र संचालकमा देव बहादुर राना रहनुभएको थियो । उक्त तालीममा ४२ जनाको सहभागीता रहेको थियो ।

  तालीम समापन कार्यक्रम मा चिङ्गाड गाउपालिका उपाध्यक्ष मिना कुमारी रोकाय ले अबको प्रविधिको युगमा कृषकहरु प्रविधि मैत्री तरिकाले कृषिमा लाग्नुपर्ने बताउनु भयो । तेस्तै कृषक हरुको मुख्य आयाआर्जनको बाटो बाख्रापालन ब्यवसाय पनि भएकोले यसलाई प्राविधिक तरिकाले गर्नुपर्ने कुरामा जोड दिनु भयो । उक्त समापन कार्यक्रममा चिङ्गाड गाउपालिका प्रमुख प्रशासकिय अधिकृत समीक्षा सोमै ५ नम्बर वडा अध्यक्ष लाल बहादुर जिसिको समेत उपस्थिति थियो ।