प्रधानमन्त्री बालेन संसद्मा बोल्दै (कार्यसूचि) 

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि शाह पहिलो पटक बुधबार बिहान ११ बजे बस्ने संसद बैठकमा बाेल्न लाग्नुभएको हाे ।

प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने भएकाे छ । संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार नीति तथा कार्यक्रममाथि बुधबार छलफल हुने भएकाे हाे ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ। छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शाहले जवाफ दिएपछि सभामुख डोलप्रसाद अर्यालले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्ने समेत कार्यसूचीमा रहेकाे हाे ।

यस्तो छ प्रतिनिधि सभाको कार्यसूचि :

त्यस्तै, राष्ट्रियसभाकाे बैठक पनि बुधबारै मध्याह्न सवा १२ बजे बस्ने भएकाे छ ।

राष्ट्रिय सभाको कार्यसूचि यस्तो छ :