आज सुनको भाउ स्थिर, चाँदी घट्यो

काठमाण्डौ । सुनको भाउ आज स्थिर छ । सुन प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।

पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।

त्यस्तै आज चाँदीको मूल्य हिजो कारोबार मूल्य एक हजार चार सय ६५ मा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।