
काठमाडौं । थप ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४ जनाको पीसीआर परीक्षण गर्दा २ सय ९९ जना र २ हजार ८ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७७ जना गरी ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार हाल एक हजार ७४७ जना संक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ३ सय ६७ संक्रिय संक्रमित होम आइसोलेशनमा रहेका छन् भने ३ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १ सय १५ जना आईसीयू र १९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा ८ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १४ हजार ७ सय २१ पुगेको छ भने ९ लाख ५३ हजार ४३० जना संक्रमणमुक्त भएका छन् । यस्तै १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५ जना कोरोना संक्रमित थपिएका छन् ।




खबर बजार । १० फाल्गुन २०७८, मंगलवार १९:०१