नवनियुक्त प्रधानन्यायाधीशद्वारा शपथग्रहण

काठमाडाैं । नवनियुक्त प्रधानन्यायाधीश मनोजकुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ ।

संसदीय सुनुवाइ समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेलगत्तै राष्ट्रपति पौडेलले नियुक्त गरि शपथ प्रदान गर्नुभएको हो ।

शर्माकाे नाम समितिको आज बसेकाे बैठकले अनुमोदन गरेको हो । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २६ को उपनियम ५ बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो ।

संवैधानिक परिषद्ले वैशाख २४ गते शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।