गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । एमालेक सचेतक महेश बर्तौलाले गणपुरक संख्यामा प्रश्न उठाएपछि गणना गर्दा नपुगेको हो ।

संविधानअनुसार कुनै प्रस्ताव निणयार्थ प्रस्तुत गर्नुअघि एक चौथाइ हुनुपर्ने व्यवस्था छ । २७५ सांसद रहेको प्रतिनिधिसभा ६९ सदस्य हुनुपर्छ । तर, आज गणना गर्दा ६५ सांसदमात्रै भएपछि शुक्रबार ११ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नु भएको हो ।