सल्यानमा आठ थान बन्दुक बरामद

सल्यान । प्रहरीले सल्यानमा एक हप्ताको अवधिमा आठ थान भरुवा बन्दुक बरामद गरेको छ ।

बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्ध गुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडा सल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद गरिएका हतियार जिल्ला प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो ।