काठमाडौं । राष्ट्रियसभाको २० जना रिक्तमध्ये १९ जनाको मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
एक जना भने, सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुने छ ।
निर्वाचन आयोगकाअनुसार १९ जनामा एक जना नेकपा (एमाले) का उम्मेदवार र बाँकी सबै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट उम्मेदवार बनेकाहरू विजयी भएका छन् ।
निर्वाचनमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी जम्मा १९ उम्मेदवार विजयी भएका छन् । रिक्त पदका लागि ४३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
खबर बजार । १२ माघ २०७८, बुधबार १५:३८