रास्वपाले प्रदेश अधिवेशनहरू गर्दै 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि प्रदेश अधिवेशनहरू शुरु गर्दै छ ।

रास्वपाले प्रदेश अधिवेशन आगामी असार १ गते सम्पन्न हुने जनाएको हाे । प्रदेशका राजधानीहरुमा अधिवेशनको लागि स्थान तोकिएको छ ।

यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो । असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुने भएकाे छ ।