
काठमाडौं । नेकपा (एमाले)ले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिवलाई छुन नसकेको टिप्पणी गरेको छ ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधैं आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खड्किएको पनि बताउनुभयो ।
उपनेता अर्यालले सरकारको बजेटले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाउनुभयो ।
यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झनमाथि लैजाने नीति लिएको अर्यालको भनाइ छ ।
उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिब वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराउनुभयो ।




खबर बजार । २८ जेष्ठ २०८३, बिहीबार १८:५७