
काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिमा रिक्त रहेका अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ ।

कार्यालयले आज एक सूचना गर्दै समितिमा रिक्त रहेको एक जना अध्यक्ष र दुई जना सदस्य पदमा नियुक्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरिएको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४९ बमोजिमको कार्य गर्नका लागि सोही ऐनको दफा ४८ अनुसार यी पदहरूमा पदपूर्ति गर्न लागिएको कार्यालयले जनाएको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
आवेदन फाराम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।





खबर बजार । २९ जेष्ठ २०८३, शुक्रबार १०:०२