
सुर्खेत । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ ।
प्रहरी स्रोतहरूका अनुसार पौडेललाई आइतबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो । पौडेललाई कार्यक्रमको लागि सुर्खेत पुगेका बेला पक्राउ गरिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सेयर कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी विषयमा अनुसन्धान गरिरहेको क्रममा पौडेललाई नियन्त्रणमा लिइएको बताइएको छ । विभागले हाल घटनाबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन ।
अनुसन्धानसँग सम्बन्धित उच्च स्रोतले पौडेलको नाममा रहेका सम्पत्ति तथा वित्तीय कारोबारको स्रोतबारे छानबिन भइरहेको जनाएको छ । यद्यपि अनुसन्धानका विषयमा विभागले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।




खबर बजार । ८ असार २०८३, सोमबार १८:४५