
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन लम्बिने भएको छ । प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले कार्यतालिका तलमाथि परेको हो ।

प्रतिनिधि परिचयपत्र वितरणमा ढिलाइ भएकाले बन्द सत्रको कार्यतालिका स्थगित गरिएको हो । आज प्रतिनिधि परिचयपत्र वितरण गर्ने योजना बनाइएको छ । त्यसपछि भोलिबाट बन्द सत्र सुरु हुनेछ ।
यसले गर्दा महाधिवेशन स्वतः एक दिन लम्बिएको छ । महाधिवेशन प्रतिनिधि संख्या ३८ सय नाघेको बताइएको छ ।




खबर बजार । ८ असार २०८३, सोमबार १८:५९