
काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य बढेको छ ।
हिजोको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदी २५ ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलको दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ हिजो दुई लाख ९१ हजार र चाँदीको भाउ चार हजार ४८० रुपैयाँ थियो ।




खबर बजार । ७ श्रावण २०८३, बिहीबार १३:५१