f बाढीको जोखिम रहेका ४० भन्दा बढी जिल्ला...

बाढीको जोखिम रहेका ४० भन्दा बढी जिल्ला…

काठमाडौं । आज देशका विभिन्न ४० भन्दा जिल्लामा बाढीको जोखिम रहेको छ । विभिन्न जिल्लामा रहेका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम भएको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरका साथै रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाण्डौ उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका स–साना नदीमा बहाव बढ्ने सम्भावना छ ।

यस्तै रुपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिमका मुगु, जुम्ला, कालिकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेल्धुरा र डोटी आसपासका स–साना नदी तथा खोलामा पनि बहाव उल्लेख्य बढ्न सक्ने पूर्वानुमान छ ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

वर्षाका कारण साना नदी तथा खोलामा पानीको सतह अचानक बढ्न सक्ने भएकाले खोला तर्ने, नदी किनारमा जाने तथा बाढीको जोखिम रहेका स्थानमा आवतजावत गर्दा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल–चीन सीमा नजिकको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरि नदीको निगरानी शुरु गरिएको छ ।