
काठमाडौं । आज कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ ।
त्यस्तै, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी एक–दुई ठाउँमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा सडक तथा यातायात प्रभावित हुनसक्ने र नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।




खबर बजार । १ आश्विन २०८३, बिहीबार ०७:०४