f एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिका सहित)

एनपीएलको तेस्रो संस्करणको खेल तालिका सार्वजनिक (खेल तालिका सहित)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता आगामी अक्टोबर २६ (कार्तिक १०) देखि सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।

क्यानका अनुसार लिग चरणका खेलहरू कार्तिक २९ गतेसम्म चल्नेछन् । त्यसपछि कात्तिक ३० गते विश्राम रहनेछ भने मंसिर १ गते पहिलो क्वालिफायर खेल हुनेछ ।

यस्तै मंसिर २ गते एलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल सञ्चालन हुनेछ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर २१ (मंसिर ५ गते) मा हुने तालिका रहेको छ ।