दुर्घटनामा घाइते भएका वडाध्यक्षको निधन

सुर्खेत । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते सुर्खेतको भेरीगंगा नगरपालिका- १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा कार्कीको निधन भएको परिवारले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट जननिर्वाचित कार्की सवार मोटरसाइकललाई रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

नेपालगञ्जबाट वीरेन्द्रनगर तर्फ गुडिरहेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले वीरेन्द्रनगरबाट भेरीगंगातर्फ गुडिरहेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्की घाइते हुनुभएको थियोे ।