
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ ।उहाँ कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको हो ।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।





खबर बजार । ६ आश्विन २०८३, मंगलवार २०:२४