f नेपालबाट मनसुन बिदा, दशैं घमाइलो हुने 

नेपालबाट मनसुन बिदा, दशैं घमाइलो हुने 

काठमाडौं । नेपालबाट यसवर्षको मनसुन पूर्णरुपमा बिदा भएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज यस वर्षको मनसुन नेपालको सबै भूभागबाट बिदा भएको जानकारी दिएको हो ।

यस वर्ष असोज १७ गतेदेखि नै पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसुन बाहिरिन सुरु गरे पनि आजदेखि पूर्ण रुपमा बाहिरिएको हो ।

सामान्यतया नेपालमा मनसुन १३ जुनदेखि सुरु भई २ अक्टोबरमा बाहिरिन्छ । तर यस वर्ष १९ जुन अर्थात् असार ५ गते मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा १२ दिनपछि बाहिरिएको छ ।

मौसमविदहरुका अनुसार नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिएकाले आगामी केही दिनसम्म मौसम घमाइलो हुने छ ।

पहाडी भेगका एक–दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना भए पनि समग्रमा दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान छ ।