काठमाडौं । नेपाली काँग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह आज (बिहीबार) गर्न लागेको हो ।
सभापति गगन कुमार थापाले भने असोज ३१ गते शपथ ग्रहण र पद बहाली गर्नुभएको थियो ।
आज दिउँसो २ बजे काँग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरूको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।
१८–२३ असोजमा सम्पन्न काँग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।