मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

एनपीएलमा काठमाडौंलाई हराउँदै जनकपुरकाे पहिलाे जीत

१ मिनेट पढाइ

काठमाडौं । काठमाडौं गोर्खाजलाई हराउँदै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हासिल गरेको छ ।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले काठमाडौंलाई ८ विकेटले हरायो ।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । जनकपुरका मोइन अलीले नटआउट ५८, सैफ हसनले नटआउट ४० रन बनाए । काठमाडौंका रिपन मण्डलले १ विकेट लिनुभयो ।

यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । काठमाडौंका भीम सार्कीले ३३ रन बनाउनुभयो । जनकपुरका राहुल यादवले ४ विकेट लिनुभयो ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । काठमाडौंको यो पहिलो खेल हो ।

एनपीएलमा आजको दोस्रो खेलमा बेलुका ५ बजे विराटनगर किङ्ग्स र कर्णाली याक्स खेल्दैछन् । विराटनगर पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको थियाे । आठ वटा टोली सहभागी तेस्रो संस्करणको एनपीएल आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।