मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १७ , सोमबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

समसामयिक :

सरकारी कार्यालय समय अब १ घण्टा कम

१ मिनेट पढाइ

काठमाडौं । सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने भएका छन् । योसँगै सेवा लिने सेवाग्राहीले अबदेखि सरकारी कार्यालयहरुमा एक घण्टा कम समय पाउने भएका छन् ।

जाडोयाम शुरु भएसँगै सरकारले कात्तिक १६ गते अर्थात आजदेखि सरकारी कार्यालयको दैनिक सञ्चालन समय एक घण्टा घटाएको हो । सरकारले नयाँ समयतालिका सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो ।

यसअघि कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्दै आएका थिए । गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै जाडोयामका लागि कार्यालय समय निर्धारण गरेको हो ।