मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १६ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

एनपीएलमा विराटनगरको पहिलो जीत 

१ मिनेट पढाइ

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो जीत निकालेको छ । त्रिवि मैदानमा गएराति अबेर सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै विराटनगरले प्रतियोगितामा तेस्रो खेलमा पहिलो जीत निकालेको हो ।

वर्षाका कारण पाँच ओभरमा घटाइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा ३ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो ।

यसअघि विराटनगरले पहिलो खेलमा चितवन राइनोजसँग ८ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा कर्णाली याक्ससँग ४ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले भने प्रतियोगितामा दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो ।

वर्षाको कारण खेल हुन नसकेको हुँदा लुम्बिनी र चितवनले समान एक/एक अंक बाँडेका छन् । एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच बेलुकी ५ बजे खेल हुनेछ ।