मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २१ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

खेलकुद :

दशौँ राष्ट्रिय खेलकुदको लागि ३ सय जना स्वयंसेवक माग 

१ मिनेट पढाइ

सुर्खेत । कर्णालीमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ३ सय जना स्वयंसेवक माग भएको छ ।

स्वयंसेवक उपसमितिले एक सुचना जारी गर्दै प्रतियोगिता अवधिभर (९ दिन) को लागि १६ वर्षमाथिका युवाहरुबाट आवेदन माग गरेको हो ।

उमेर पुगेका नेपाली नागरिकले सम्बन्धित जिल्ला खेलकुद विकास समितिमा आवेदन दिन सकिने उपसमितिले जनाएको छ ।

स्वयंसेवकले कार्यअवधिमा दैनिक १ हजार रुपैयाँ खाना/खाजा खर्च प्राप्त गर्ने व्यवस्था छ ।