मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २७ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

खेलकुद :

एनपीएलमा विराटनगर र पोखरा तथा कर्णाली र लुम्बिनी भिड्ने

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज मध्यान्ह साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।

५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ । पोखराले आफ्नो ५ खेल मध्ये एकमा मात्र जीत निकालेको छ भने चार वटामा हार बेहोरेको छ ।

Dailekhi urja

यसैगरी आज अपरान्ह साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुन्छन् ।

यी दुई टिममा कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको ३ तेस्रो स्थानमा छ ।

कर्णाली याक्सले ५ खेल खेलेकोमा दुई मा जित र बाँकी तीन खेल हारेको छ ।

लुम्बिनी लाइन्सले ५ खेलमध्ये तीनमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

nepalgunj