मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २६ , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

सिलो संगालो

सुर्खेतमा ८ जुवाडे पक्राउ, करिब ४ लाख नगद बरामद् 

१ मिनेट पढाइ
१साझा

kuse inside

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३, गण्डकी लाइन स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ३ लाख ७७ हजार ८५० र ताससहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

​स्थानीय एक घरमा अवैध रूपमा जुवातास खेलाइइरहेको भन्ने गोप्य सूचनाका आधारमा आज बिहान करिब ०२:४० बजेको समयमा प्रहरीको संयुक्त टोलीले छापा मारेको हो ।

Dailekhi urja

​कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक किसमत बुढा मगरको कमाण्डमा १६ जना, कर्णाली प्रदेश प्रहरी गण सुर्खेतका प्रहरी निरीक्षक हिमाल थापा मगरको कमाण्डमा २१ जना र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक जितेन्द्र कठायतको कमाण्डमा १५ जना गरी कुल ५२ जनाको संयुक्त प्रहरी टोली उक्त स्थानमा खटिएको थियो ।

​पक्राउ परेका सबै व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ भने घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

nepalgunj