मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २६ , बुधबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

यस्तो छ पर्सिसम्मको मौसम…

१ मिनेट पढाइ
२साझा

kuse inside

काठमाडौं । आज, भोलि र पर्सिसम्म देशका धेरै ठाउँको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण थोरै ठाउँमा मात्रै छिटपुट वर्षा र हिमपातको सम्भावना छ ।

आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ । हिमाली एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Dailekhi urja

भोलि भाइटीकाका दिन पनि मौसम घमाइलो हुनेछ । हिमाली थोरै ठाउँमा हिमपात तथा पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पर्सि २६ गते बिहीबार देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

nepalgunj