
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजलाई २४ रनले हराउँदै कर्णाली याक्सले सान्त्वना जित हात पारेको छ ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९ ओभर १ बलमा १२९ रन बनाउँदा सबै विकेट गुमाएको थियो । चितवनका उसामा मिरले अविजित २८ र कामिल मिशाराले २५ रन बनाउनुभयो । कर्णालीका हुसैन तलातले ३ तथा पवन सर्राफ र मार्क वाटले २–२ विकेट लिनुभयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो । कर्णालीका हुसैन तलातले अविजित ५१ र आरिफुल इस्लामले ३५ रन बनाउनुभयो । चितवनका कमलसिंह ऐरी, सलाहुद्दीन खान र उसामा मिरले २–२ विकेट लिनुभयो ।
चितवन प्लेअफमा पुगिसकेको छ भने कर्णाली प्लेअफ दौडबाट बाहिरिइसकेको छ । चितवन ७ खेलमा ७ अंकसहित चौथो र कर्णाली ७ खेलमा ४ अंकसहित छैटौँ स्थानमा छ ।




