मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ५ , शुक्रबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

मौसम :

आजको मौसम सफा, भोलिदेखि केही ठाउँमा हल्का वर्षा

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । आज देशभरको मौसम सफा रहने र भोलिदेखि केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशमा आंशिक बादल लागे पनि  बाँकी ठाउँमा मौसम मूख्यतया सफा रहनेछ । अहिले बिहान तराई, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

Dailekhi urja

भोलि देशभर आंशिक बादल लाग्ने र कोशी प्रदेशको एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

पर्सि आइतवार पनि कोशी प्रदेश र  हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । सोमवार हिमाली भू–भाग तथा कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

nepalgunj