f माधव नेपाललाई झलनाथ खनालको काउन्टर : निर्वाचन एक्लै लड्नु पर्दछ

माधव नेपाललाई झलनाथ खनालको काउन्टर : निर्वाचन एक्लै लड्नु पर्दछ

काठमाडौं । गठबन्धन गरेर मात्र निर्वाचनमा जाने आफ्नै पार्टीका अध्यक्ष माधव नेपालको अडानलाई चुनौती दिंदै नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले स्थनीय निर्वाचन गठबन्धन गरेर होइन आफ्नै शक्तिमा लड्नु पर्ने बताउनुभएको छ ।

फाइल तस्बिर

आज गुल्मी काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रममा बोल्दै नेता खनालले अरुको आड लागेर मात्र निर्वाचन जित्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न निर्देशन दिनुभएको छ ।

खनालले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताउनुभयो ।

आफ्नो शक्तिमाथि भरोसा गरेर जाने र त्यसलाई बलियो बनाउन विस्तार गर्न नसक्ने हो भने अरुको आड अडेस लागेर अगाडि जान नसकिने उहाँको भनाई छ ।