मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप

१ मिनेट पढाइ
०साझा

kuse inside

सुर्खेत । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरिएको छ। जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि दुई वर्ष थपिएको हो।

Dailekhi urja

पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेब्रुअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीले बताउनुभयो ।

डा.त्रिपाठीले चिनिया टोली नेपाल आउन साथ दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन अन्तर्गत दोस्रो चरणको काम सुरु हुने बताउनुभयो ।

पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीन वटा पूर्वपश्चिम र सात वटा उत्तर दक्षिण दिशामा खनिएका १० वटा सिस्मिक लाइनहरूमा सर्भे कार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम सुरु गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो।

ज्वाला क्षेत्र नाविस्थान श्री स्थान, कोटिला र तल्लो डुंगेश्वर पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो।

दैलेखको ज्वाला क्षेत्रमा सदिऔँदेखि पानीमाथि आगो बल्दै आएको छ।

nepalgunj