मुख्य सामग्रीमा जानुहोस्
२०८३ मंसिर ७ , आइतबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

स्वास्थ्य र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन योगेश भट्टराईको माग

१ मिनेट पढाइ
०साझा

kuse inside

काठमाडौं । नेकपा एaमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ । आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गर्नुभएको हो ।


स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्‍याउनुपर्ने पनि उहाँले बताउनुभयो । ‘बीमा रकम बढाउनका निम्ति ध्यानाकर्षण गराउन चाहान्छु,’ उहााले भन्नुभयो ।

Dailekhi urja

स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सन्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौं मानिसहरु यसको सुविधाबाट बन्चित भएको उहाँले बताउनुभयो ।

उहाँले संसद बैठकमा भने, ‘सरकारले व्यवसायिक बीमाको रुपमा बुझेको छ । यो व्यवसायिक बीमा होइन, सामाजिक सुरक्षाको स्वास्थ्य बीमा हो । यसलाई सामाजिक सुरक्षाको स्वास्थ्य बीमालाई पूर्ववत अवस्थामा अगाडि बढाउन ध्यानाकर्षण गराउन चाहान्छु ।’

६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गंगालाल अस्पतालबाट ६० वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका एक चिकित्सकलाई थप तीन वर्ष जागिर खुवाउने उद्देश्यले नियमावली संशोधन गरेर उमेर हद ६३ वर्ष पुर्याइएको भनेर आक्रोश व्यक्त गर्नुभयो ।

nepalgunj