मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक २२ , शनिबार
khabarbajar

खबर पाइने ठाउँ...

ihubnepal

समाचार, विचार र सरोकार

अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन नेपाली कांग्रेसकाे निर्देशन

१ मिनेट पढाइ
०साझा

kuse inside

मंसिर १८, काठमाण्डौ । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज आइतवार निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ ।

Dailekhi urja

यस्तै जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी निर्णयसहित आउँदो पुस १५ गतेभित्र विवरण केन्द्रमा पठाउनुपर्ने निर्देशन जारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

nepalgunj