मुख्य सामग्रीमा जानुहोस्
२०८३ कात्तिक १२ , बिहीबार
khabarbajar

खबर पाइने ठाउँ...

समाचार, विचार र सरोकार

सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई सर्वोच्चको आदेश

१ मिनेट पढाइ

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन भनेको हो ।

सिंहदरबारको फोहोर नउठाउने भनी काठमाडौं महानगरपालिकाका मेयर बोलेन शाहले घोषणा गर्नु भएको थियो ।

त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको थियो ।