काठमाडौं । प्रहरीले देशका विभिन्न ठाउँबाट लागु औषधसहित ९ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले कर्णालीका दुई जिल्लाबाट ५ जना, कोशीको एक जिल्लाबाट ३ जना र सुदूरपश्चिम प्रदेशको एक जिल्लाबाट एक जना पक्राउ गरेको हो ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुम्लाको तिला गाउँपालिका–३ कुडारी बजारबाट तीन जना, झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूली चोकबाट तीन जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीबाट २ र कञ्चनपुरको भीमदत्त नगरपालिका–११ बाट एक जना पक्राउ परेका छन् ।



खबर बजार । ४ कार्तिक २०८३, मंगलवार १९:३८